प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भरुवा बन्दुकसहित पक्राउ

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

सुर्खेत, बिरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट  उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो । 

कैलाली, कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।