प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८०-०४-०८

  • A
  • A-
  • A+
Share

झापा, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्कीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।


सम्बन्धित समाचार