अवैध लागूऔषधसहित पक्राउ
२०८०-०४-११
- A
- A-
- A+
सुर्खेत, विरेन्द्रनगर नगरपालिका-३ जुम्ला रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २ सय १० मिलिग्रामसहित बराहाताल गाउँपालिका-२ बस्ने ३१ वर्षीय लिल बहादुर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।