प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

२०८०-०४-१४

  • A
  • A-
  • A+
Share

सिरहा,सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।