अवैध लागूऔषधसहित पक्राउ
२०८०-०४-१५
- A
- A-
- A+
पर्सा, पटेर्वा सुगौली गाउँपलिका-१ मोलाही टाँडीबाट अवैध लागूऔषध चरेश २५ ग्राम, गाँजा १५ ग्राम र नगद १ हजार २ सय १४ रुपैयाँसहित सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मेन्द्र राउतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रौतहट, कटहरिया नगरपालिका-१ प्रसवनिबाट अवैध लागूऔषध गाँजा ३ केजीसहित मकवानपुर बकैया गाउँपालिका-३ बस्ने ४५ वर्षीय कान्छा मान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट छेदिचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।