प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

धादिङ, कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका-१ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा जे.एच. ज्वेलर्स पसल संचालन गरी बस्ने २८ वर्षीय रामशरण राज सुनार रहेका छन् ।

धुनिबेशी नगरपालिका-१ डाँडागाउँ बस्ने ५९ वर्षीया तिर्थमाया तामाङ आफ्नै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटना शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय खानिखोला र प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सोही नगरपालिका भञ्ज्याङ पोखरीबाट वीर बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनले बुधबार साँझ ती महिलालाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेपछि महिलाको सुनसमेत लुटेर फरार भएको खुल्न आएको थियो । साथै उक्त सुन लुकाउने तथा बिक्री गर्ने उनकै भाइ सुवास, १८ वर्षीय किशोरी तथा सुन खरिद गर्ने रामशरणलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले रामशरणको पसलबाट ४७.२ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, १८ वर्षीया किशोरीको कोठाबाट ४७.६६ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, नगद २२ हजार ६ सय रुपैयाँ र घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको १ थान ढुङगा बरामद गरेको छ । 

उनीहरूउपर जिल्ला अदालत धादिङबाट म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।