प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

उदयपुर, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

भक्तपुर, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूकुम मुसिकोट नगरपालिका-३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाल्पा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा तानसेन नगरपालिका-८ पाँडेखर्क बस्ने २२ वर्षीय बिशाल ठडराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशालले बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।