प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित सोही नगरपालिका-१८ बस्ने २० वर्षीय भुवन खुनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने अछाम मंगलसेन नगरपालिका-१ घर भएका २३ वर्षीय रमेश रानालाई ५ ग्राम र धनगढी उपमहानगरपालिका-४ बोराडाडी बस्ने २५ वर्षीय बिज्ञान बस्नेतलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यायल कैलालीबाट खटिएको प्रहरीले रानालाई धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट र बस्नेतलाई सोही उपमहानगरपालिका-२ मिलनचोकबाट पक्राउ गरेको हो ।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने  २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले  पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०८-१५

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ३७ वर्षीय दिनेश कुमार थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ साकेला पार्कबाट अवैध लागूऔषधसहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मनिष माझी र सप्तरी राजविराज नगरपालिका-८ भलुवाई टोल बस्ने २४ वर्षीय सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम, गाँजा ८ ग्राम १ सय मिलिग्राम, गुलावी रङको तत्काल नखुलेको गिलो पदार्थ ३९ ग्राम ३ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१४

    मकावनपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । संखुवासभा, धर्मदेवी नगरपालिका-५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट  ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-१४

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०८-१३

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
२०८०-०८-१३

स्याङ्जा, लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि  जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।