प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा दुई महिला पक्राउ

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका-५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् । 

हस्तकली बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको  प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो । उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।  



सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।