प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

तनहुँ, आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार