प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा सात जना पक्राउ

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा बंगलादेशका नागरिक ५ जना र नेपाली नागरिक २ जना गरी ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय मो. मोसहुर रहमान, बंगलादेशका २१ वर्षीय जाहाङ्गिर अलाम, ललितपुर हरिसिद्धि बस्ने बंगलादेश कुमिल्लाका ३८ वर्षीय सलिम मिया, काठमाडौं हाडीगाउँ बस्ने बंगलादेश ढाकाका २१ वर्षीया तहमिना बेगम, सिन्धुपाल्चोक बेलफी घर भई ललितपुर हरिसिद्दि बस्ने २७ वर्षीया तारा नेपाली र ईलाम चुलाचुली घर भई काठमाडौं नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् । 

बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई काठमाडौंको विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाई परिवारको सदस्यहरुसँग १० लाख फिरौती माग गरेको र नदिएमा ज्यानसमेत लिने धम्की दिएकोमा उक्त रकम पठाएपश्चात पनि पुन: २० लाख टाका माग गर्दै डर त्रास दिएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउस, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित घर र काठमाडौं नक्सालस्थित रोशनी राईको केटीसी ब्युटी पार्लर स्पा मसाज सेन्टरमा बन्धक बनाई राखेका पीडितहरूलाई उद्दार गरी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।