प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८०-०५-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय झमक नेपालीको कोठामा जुवातास खेलिरहेको अवस्थामा खोटाङ मझुवागढी नगरपालिका-६ घर भएका ४३ वर्षीय नर बहादुर दर्जी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

झापा, दमक नगरपालिका-५ बस्ने नर बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ४ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार