अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-०१
- A
- A-
- A+
काठमाडौं, रुपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित नवलपरासी प्रतापपुर गाउँपालिका-५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज मिया लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटल एण्ड लजमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाकोट नगरपालिका-७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।