प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ

२०८०-०५-०८

  • A
  • A-
  • A+
Share

झापा, जिल्ला अदालत झापाको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने ५९ वर्षीय ताराबिर महत भन्ने टेकबहादुर महत, कमल गाउँपालिका-४ सरस्वती टोल बस्ने ४१ वर्षीय सानु भन्ने मोहनकुमार चेम्जोङ, गौरादह नगरपालिका-२ हाँसखोरा बस्ने २६ वर्षीय मन्दिस भन्ने रोहितबहादुर अधिकारी र गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने २७ वर्षीय विवेक राजवंशी रहेका छन् । 

उनीहरूमध्ये टेकबहादुरलाई बालयौन दुरूपयोग मुद्दामा ५ महिना कैद, १० हजार रूपैयाँ जरिवाना, २५ हजार रूपैयाँ पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने तथा २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने, मोहनकुमारलाई लागूऔषध मुद्दामा ६ महिना कैद तथा २ हजार रूपैयाँ जरिवाना र रोहितबहादुर तथा विवेक राजवंशीलाई लागूऔषध मुद्दामा ६/६ महिना कैद, ५/५ हजार रूपैयाँ जरिवाना तथा २/२ सय रूपैयाँ  पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भएको थियो । 

उनीहरुलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।