प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित एक जना पक्राउ

२०८०-०५-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई  मेड इन यूएसए लेखिएको १ थान पेस्तोल, ४ राउण्ड गोली, म्याग्जिन र १ थान डिजिटल तराजुसहित सहित शक्रबार राति प्रहरी पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित बुढानिलकण्ठ नगरपालिका-४ पासिकोटबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।