प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ

२०८०-०५-१४

  • A
  • A-
  • A+
Share

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका-५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ । 

कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट  हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका-७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।