प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।  

यसअघि पक्राउ कमल तामाङ समेत भएको मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो । उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलीपिन्स, थाईलैण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको र पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ । गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ ।

उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव वेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।