नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०५-३१
- A
- A-
- A+
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध नुफिन १ सय २० एम्पुल, फेनारगन १ सय २३ एम्पुल, डाइजेपाम १ सय २१ एम्पुल र नाइट्राभेट १ सय १७ ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय भुवन केसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।