प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

२०८०-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका-२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।

केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको र विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहु खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टीको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि संजयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको र अन्य ३ जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै संजयको साथबाट घटनामा प्रयोग भएको १ थान खुकुरी प्रहरीले बरामद गरेको छ ।

प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकोले घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।