प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०६-०२

  • A
  • A-
  • A+
Share

भक्तपुर, भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८१-०२-११

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका गुरुङ समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८१-०२-०६

काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रूपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ६ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ
२०८१-०२-०१

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास  खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।