प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

२०८०-०६-०३

  • A
  • A-
  • A+
Share

महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित महादेव मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० केजीसहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २३ वर्षीय जिवन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका सहचालक तामाङलाई पक्राउ गरेको हो । साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा १० केजी ३ सय ५० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा मधुवन गाउँपालिका-२ बस्ने ४० वर्षीया सलामा खातुन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख १५८६ बसमा सवार सलामाको साथबाट ३ केजी १ सय ग्राम र ग.७ ख २२४० नम्बरको बसमा सवार सामुएलको साथबाट ७ केजी २ सय ५० ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ८० मिलिग्रामसहित बाजुरा बुढीगंगा नगरपालिका-६ बस्ने २० वर्षीय देवेन्द्र लुहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २३ वर्षीय प्रकाश बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १६ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले प्रकाशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाबुगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित डुडुवा गाउँपालिका-६ बस्ने २८ वर्षीय उदय राज मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र लुम्बिनी प्रदेश अनुसन्धान समुहबाट खटिएको संयुक्त टोलीले युपि ४० एएफ ५३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

  सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०८-१५

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ३७ वर्षीय दिनेश कुमार थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ साकेला पार्कबाट अवैध लागूऔषधसहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मनिष माझी र सप्तरी राजविराज नगरपालिका-८ भलुवाई टोल बस्ने २४ वर्षीय सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम, गाँजा ८ ग्राम १ सय मिलिग्राम, गुलावी रङको तत्काल नखुलेको गिलो पदार्थ ३९ ग्राम ३ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१४

    मकावनपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । संखुवासभा, धर्मदेवी नगरपालिका-५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट  ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-१४

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित सोही महानगरपालिका-२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-०८-१३

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
२०८०-०८-१३

स्याङ्जा, लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि  जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।