जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
२०८०-०६-०५
- A
- A-
- A+
डडेल्धुरा, पर्शुराम नगरपालिका-४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय करन देब ओझा समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।