प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ओखर (जुवा) खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८०-०६-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, शंखरापुर नगरपालिका-२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङ समेत १८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार