प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०६-१८

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३८ वर्षीय कुल वहादुर भुजेल समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरको हो ।  

सुनसरी, बराहक्षेत्र नगरपालका-२ सैनिक चोक बस्ने ४२ वर्षीय दिपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराई समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १ लाख १७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार