प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक थान भरूवा बन्दुकसहित पक्राउ

२०८०-०७-१२

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउँपालिका-६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरूवा बन्दुक १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हिरमिनियाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।