प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ

२०८०-०७-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका-५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 





सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-०९-०३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका ४३ वर्षीय यम बहादुर बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कचनकबल गाउँपालिका-३ घर भएका ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४१ वर्षीय सूर्य बहादुर खड्का रहेका छन् । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।