प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली कागजात बनाउने चार जना पक्राउ

२०८०-०७-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं,  भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौं  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् । 

भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, HSEB लेखिएको होलो ग्राम, CTEVT को स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।