प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ

२०८०-०७-२३

  • A
  • A-
  • A+
Share

बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुरबाट विभिन्न हातहतियारसहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका-११ भगवानपुर बस्ने ३५ वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, २७ वर्षीय धरिन्जन पटेल, रौतहट देवाही गुनाही नगरपालिका-३ बस्ने ८० वर्षीय शोभा राउत र रौतहट बौधिमाई नगरपालिका-२ बस्ने ४४ वर्षीय राज मंगल पटेल रहेका छन् । 

उपेन्द्र पटेलको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले घर तलासी गर्दा घरेलु रिभल्बर १ थान, सोही रिभल्बरको गोली ७ राउण्ड, घरेलु नलकटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली ३ राउण्ड फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उपेन्द्रको घर आगाडि रोकी राखेको ना.९ प २६३० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।