प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

२०८०-०७-३०

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित पक्राउ गरेको हो ।

सल्यान, कालिमाटी गाउँपालिका-२ झिगाने बस्ने नारायण वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटी बस्ने ४६ वर्षीय देब बहादुर बुढा मगर लगायत १३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३४ हजार रूपैयाँ र तास २ गड्डी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार