प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेल्दा खेल्दै काठमाडौंबाट २४ जना पक्राउ

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । 

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८१-०८-०७

सुनसरी, इटहरी उपमहानगरपालिका-६ स्थित गजुरमुखी होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय नवीन पुरी समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको   हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८१-०७-२८

कास्की, पोखरा महानगरपालिका-१६ अमरदिप बस्ने ४५ वर्षीया गौमाया गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद १ लाख १ हजार २ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ५० वर्षीय मान बहादुर घलेको घरमा जुवा खेलिरहेको अवस्थामा घले समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४३ हजार १ सय ९० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८१-०७-२७

काठमाडौं महानगरपालिका-४ चप्पल कारखाना बस्ने गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया दीपा कार्की समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ४ सय ६५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।   झापा, बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने ४२ वर्षीय धर्मेन्द्र साहको घरमा जुवातास खेलिरहेको अवस्थामा साह समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ७० रूपैयाँ, १४ बुक तास र ३ थान मोबाइल सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।