प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०८-०६

  • A
  • A-
  • A+
Share

 झापा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दाङ, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाँके, २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।