प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेल्दै गरेका छ जना पक्राउ, हातहतियार समेत बरामद

२०८०-०८-०७

  • A
  • A-
  • A+
Share

 कास्की, पोखरा महागनरपालिका-२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा भेष बहादुर गुरुङ समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थानसहित पक्राउ गरेको हो । साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान  समेत बरामद भएको छ ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८१-०४-०८

काभ्रे, पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।  सुनसरी, ईटहरी उपमहानगरपालिका-८ सहिद टोल बस्ने पृथ्वीराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४१ वर्षीय रविन गुरागाई समेत ७ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सिआरभी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ६ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८१-०४-०४

  तनहुँ, बन्दिपुर गाउँपालिका-५ याम्पा बस्ने जित बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा क्षेत्री समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीस्थित ब्रम्हलाल गणेशको घरमा जुवातास खेलिरहेको अवस्थामा चांगुनारायण नगरपालिका-५ छालिङ बस्ने ७६ वर्षीय सानु प्रसाद बन समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।