प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ

२०८०-०८-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका संचालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८१-०४-०८

काभ्रे, पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।  सुनसरी, ईटहरी उपमहानगरपालिका-८ सहिद टोल बस्ने पृथ्वीराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४१ वर्षीय रविन गुरागाई समेत ७ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सिआरभी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ६ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८१-०४-०४

  तनहुँ, बन्दिपुर गाउँपालिका-५ याम्पा बस्ने जित बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा क्षेत्री समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीस्थित ब्रम्हलाल गणेशको घरमा जुवातास खेलिरहेको अवस्थामा चांगुनारायण नगरपालिका-५ छालिङ बस्ने ७६ वर्षीय सानु प्रसाद बन समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।