प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०७-०६

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ४६ हजार ५ सय ५ रूपैयाँ सहित भोजपुर हतुवागडी गाउँपालिका-७ बस्ने २३ वर्षीय समुथल राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ आउँदै गरेको को.१ ह ९३३० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय २० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय हेमनारायण यादव र सोही उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय विजय लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले विराटनगरबाट दुहवीतर्फ आउँदै गरेको को.१८ प २२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका बस्ने १९ वर्षीय सागर कोईरी समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१२ मनहेरा सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-०७-०५

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४७ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा गाउँपालिका-३ बस्ने २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१६ प ४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, बागमती नगरपालिका-१२ भरत ताल जाने सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित बरहथवा नगरपालिका-९ बस्ने ४२ वर्षीय राम अयोध्या मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ना.३० प २१७ नम्बरको मोटरसाइकल चालक रामलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६०  मिलिग्राम सहित गोदावरी नगरपालिका-१० दमौरा  बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ सदभावना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय बसन्त चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-७ शान्तिपथ र सोही उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५५ क्याप्सुल, स्पास्पेन १ हजार २ सय ५५ चक्की  डिकोलिक ७० चक्की र नगद २ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय गौरव चौहान समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरीले मे. ५ प १२३६ नम्बरको मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय संजय लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम, मे.८ प ७१७१ नम्बरको मोटरसाइकलमा सवार दमक नगरपालिका-३ बस्ने २३ वर्षीय राजिब भुजेललाई ७ सय २० मिलिग्राम र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन लिम्बुलाई ५ सय मिलिग्राम, मे. २ प ४६८२ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई १ ग्राम २ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-०७-०४

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चेक प्वाईन्टबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित पर्सागढी नगरपालिका-६ हरपुर बस्ने ३५ वर्षीय वैद्यनाथ प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले खजुरियाबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-६ दमौली बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित बालाराम बाजुरा होटलबाट अवैध लागूऔषध चरेश २२ ग्राम ८ सय ४० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-१ गोदाम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने २१ वर्षीय पंकज साहलाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । सुनसरी, गढी गाउँपालिका-३ चक्रघट्टी टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित हाल वतन नखुलेका अखतर अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको संयुक्त टोलीले को.१४ प ३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ शान्ति टोल बस्ने २९ वर्षीया सोफिया तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ धरान उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय कमल कार्कीको रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार २ सय ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय दिनेश रामलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा को.१ च ५३८३ नम्बरको भ्यानलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामले बोकेको झोला भूइमा झरेको र मोटरसाइकल चालक फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी रामलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद राई, ५६ वर्षीय राजेश क्षेत्री र २६ वर्षीय रोहित विश्वकर्मा रहेका छन् । विनोदको घरमा लागूऔषध बिक्री वितरण तथा सेवन भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सप्तकोशी नगरपालिका-१० गंगाजली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्राम सहित कन्चनरूप नगरपालिका-५ धरमपुर बस्ने २२ बर्षीय प्रदिप यादवलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सहित काभ्रेपलान्चोक साबिक भिमखोरी गाविस-८ बस्ने २६ वर्षीय होम कुमार मैनालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०७-०३

झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका-१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।