अवैध लागूऔषधसहित २ जना पक्राउ
२०८०-०८-१६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ट समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।