प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

मोरङ,  उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषकको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी बुढिगंगा गाउँपालिका-७ मा धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका सुनसरी ईटहरी उपमहानगरपालिका-११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २८ गते बेलुकी पुरानो रिसिवीका कारण राजुले रिजनलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा रिजनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत मोरङमा पेश गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।