प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । 

उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले प्रलोभन पारी पीडितहरुबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्‍याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।