प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रातको समयमा चोरी गर्ने ६ जना पक्राउ

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका बिभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारत देश बैसालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौं नागार्जुन नगरपालिका-६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका-८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका-९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् । उनीहरूमध्ये बिक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् । 

गत असार १५ गते काठमाडौं शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौं बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान,  सुनको रिङ ३ थान,  सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशला पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।