प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०९-०४

  • A
  • A-
  • A+
Share

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो । 

 झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।