अवैध लागूऔषधसहित ६ जना पक्राउ
२०८०-०९-०४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२६ सिमरी टाउन बस्ने २८ वर्षीया मुना लामालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर जाँच गर्ने क्रममा उक्त पदार्थ, नगद ६७ हजार ६ सय ७० रूपैयाँ, १ सय ५० भारतीय रूपैयाँ, मोबाइल ६ थान, गरिमा बिकाश बैंकको चेक १ थान फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ ग्राम ५ सय ७० मिलिग्रामसहित झापा कनकाई नगरपालिका-३ बस्ने ३३ वर्षीय अनिरुद्र मिश्रलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनी समेतबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख १३९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, भगवानपुर गाउँपालिका-२ गमहरियाबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र बुप्रिनोर्फिन ६ एम्पुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङगा नगरपालिका-९ बस्ने २८ वर्षीय रामअपतार मण्डल र २१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् । अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरीले ठाडीबाट भगवानपुरतर्फ जाँदै गरेको प्र.२-०१-००४ प १५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लमजुङ घर भएका २५ वर्षीय सागर अधिकारी र २३ वर्षीय देव गुरुङ रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।