अवैध लागूऔषधसहित पक्राउ
२०८०-०९-०९
- A
- A-
- A+
रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ सय ६८ ग्रामसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा.७६ प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।