प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

२०८०-०९-११

  • A
  • A-
  • A+
Share

ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका-१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान,  एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।