अवैध लागूऔषधसहित पक्राउ
२०८०-०९-११
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका-११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।