अवैध लागूऔषधसहित पक्राउ
२०८०-०९-१४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८० ग्रमा ७ मिलिग्रामसहित झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय बबुला मर्डीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टादेखि काठमाडौं आउँदै गरेको प्रदेश १-००१ ख ३८४३ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा हुडीमा लुकाई ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४६ वर्षीय भोला मर्डीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे, धुलिखेल नगरपालिका-७ मयुर बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ किलोसहित नमोबुद्ध नगरपालिका-९ बस्ने १९ वर्षीय बिश्वास तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका-४ सिम्ले डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका ४८ वर्षीय सन्तोष राईलाई अवैध लागूऔषध गाँजा १४ किलो ६० ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ सय ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ बस्ने २९ वर्षीय मनिस मोक्तान र ३७ वर्षीय रीग बहादुर दर्जी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले मे.५ प ३६४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका-१ ढोडेगाँउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्रामसहित कैलाली घाडाघोडी नगरपालिका-२ सुख्खढ बस्ने २१ वर्षीय उपेन्द्र बमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी साइगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।