नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०९-१६
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ स्थितबाट नियन्त्रित लागूऔषध वानरेक्स १ सय एमएलको ५ सय ९२ बोतल, स्पास्मो-प्रोक्सिभोन प्लस लेखिएको २ हजार १ सय ६० ट्याब्लेट, नाइट्राभेट ३ हजार ट्याब्लेट र नगद १ लाख ५ हजार ८ सय १५ रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको गरेको छ ।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-७ बस्ने ४० वर्षीय बैजु महरा र सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय मदन बहादुर घिसिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्र.२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।