प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जना पक्राउ

२०८०-०९-२२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

कञ्चनुर, भिमदत्त नगरपालिका-३ जामिरगाडास्थित जङ्गलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढा समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४२ हजार ६ सय ४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार