अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको औषधीसहित पक्राउ
२०८०-०९-२२
- A
- A-
- A+
काठमाडौं, अवैध रुपमा ल्याउँदै गरेको करिब २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधीसहित गोरखा गण्डकी गाउँपालिका-४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने बिबेक पोख्रेल समेत २ जनालाई प्रतापपुर गाउँपालिका-९ चण्डाल चोकबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२२ च ८९९६ नम्बरको कारलाई जाँच गर्ने भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको माईकोफिट्स ३ सय ६० ट्याब, ओकेरोन १ सय इन्जेक्सन र किल्डुम ३ सय एमजी लगायत विभिन्न प्रकारका औषधीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।