सुनजस्तो देखिने १ किलो ३ सय ग्राम अर्धठोस वस्तुसहित पक्राउ
२०८०-०९-२२
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने अर्धठोस वस्तु करिब १ किलो ३ सय ग्रामसहित श्रीलंकाकी नागरिक ४५ वर्षीया KANTHYMATHY KAVASKAR लाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट नेपाल आएकी उनलाई तलासी गर्ने क्रममा उनले लगाएको भित्री बस्त्र ब्रामा फल्स बटम बनाई २ वटा पोकामा करिब ५ सय ग्राम र कट्टुमा धातुको लेपन लगाई ल्याएको ८ सय ग्राम गरी जम्मा करिब १ किलो ३ सय ग्राम अबैध रुपमा भन्सार छली गरी लैजान लागेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।