हर्नेट जस्तो देखिने हतियारसहित एक जना पक्राउ
२०८०-०९-२४
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३ नदिपुर एरियाबाट हर्नेटजस्तो देखिने हतियार १ थानसहित सोही ठाउँ बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएका ६९ वर्षीय यमबिर गर्बुजालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गर्बुजाको घरको तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।