प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानरगपालिका-३२ कोटेश्‍वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५८ हजार ६ सय ३० रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । 

झापा, दमक नगरपालिका-६ फागुनन्द चोकमा पाँचथर मिक्लाजुङ गाउँपालिका-३ घर भएका ५० वर्षीय पवन लिम्बुले संचालन गरेको परदेशी होटलमा तास खेलिरहेको अवस्थामा पवन लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार